राहुल र सन्ध्याको गीत गाउनुस्, पचास हजार नगद जित्नुस्



‘केबीए ग्लोबल जुनी जुनीलार्इ अनलाइन कभर सङ कम्पिटिसन २०७५’ को आयोजना गरिने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनको बारेमा जानकारी गराइयो ।

संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका प्रतिस्पर्धी गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गर्न लागिएको हो ।

लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन् ।

कम्पिटिसनमा प्रथम हुनेले नगद पचास हजार र एउटा गीत रेकर्ड र दोश्रो हुनेले नगद पच्चिस हजारसहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् । यो पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको छ ।

कभर सङ कम्पिटिसनमा भाग लिन चाहनेले आफैंले गाएको तथा सफा देखिने गरि खिचिएको भिडियो पठाउनु पर्नेछ। प्रतियोगीले आफूले गाएको गीत जुनी जुनीलार्इ फेसबुक पेजमा पठाउनु पर्नेछ ।

प्रतियोगीहरुले गीतलाइ एकल तथा युगल दुवै तरिकाले गाउन सक्नेछन् । यो प्रतियोगितामा सहभागिता जनाउनको लागि सोमवारबाट दुर्इ महिनाको अबधि तोकिएको छ ।

‘जुनी जुनीलार्इ’ को म्यूजिक ट्रयाक :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu