श्रृजनाको गीतमा रीमाको पीडा (भिडियो)



गायिका श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” बोलको गीत सार्वजनिक भएको छ । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा रीमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ ।

पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।

निशान्त घिमीरेको समपादन रहेको “किन दुख मान्छौं” गीत श्रृजना गुरुङको यो पहिलो गीत हो । पहिलो गीत दर्शक श्रोताले मन पराईएको खण्डमा लगातार गीत बजारमा ल्याउने तयारीमा रहेको श्रृजनाले बताइन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu