आँचलको फुलीमा पल्के पल (भिडियो)



काठमाण्डौ। नायक पल शाह नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल-आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि-पछि पल देखिएका छन् ।

अचानक भेट हुँदा पल-आँचलको टकराव शूरु भएपछि पलले आफु आँचलको फुलीमा पल्केको बताईरहेको दृश्य भिडियोमा छ । विकास सुवेदीले भिडियो निर्देशन गरेका छन् । गीतमा एक नारायण भण्डारीका शब्द छन् भने आशिष अबिरलको संगीत छ ।

गीतमा पल र आँचलको साथमा शाइनिङ्ग डान्स क्रुको नृत्य छ भने नृत्य निर्देशन अनुराग ठकुरीको हो । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu