हेर्नुस् विश्वको ‘कोरेर मेरो चित्र’ (भिडियो)



गायक विश्व नेपाली एक फरक परिवेश झल्काएको ‘ट्रेजेडी’ गीत लिएर दर्शक श्रोतामाझ आएका छन् । विश्वको स्वर तथा आनन्द राइको संगीत समावेश नयाँ गीति भिडियो ‘कोरेर मेरो चित्र’ हालै युट्युवमा सार्वजनिक भएको छ । गीतको भिडियो पुर्णतः श्यामश्वेत बनाइएको छ ।

फिल्म निर्माण कम्पनि ट्रि इन्टरटेन्मेन्टको तर्फबाट निर्माण भएको गीतको भिडियोमा अभिनेता तथा मोडल नरेन खड्का र सनम घिमिरे फिचर छन् । गीतमा गोपाल रसाइलीको एरेञ्ज छ भने शब्द फिल्म ‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ निर्माता दिनेश दर्शनधारीको शब्द लेखन छ ।

निर्माता तथा व्यवसायी दर्शनधारीले मार्मिक शब्द सहितको गीत लेखन गर्दै रचनाकारको रुपमा पनि आफ्नो अब्बलता प्रस्तुत गरेका छन् । दिपेश सापकोटाको निर्देशन गर्दा सुशन प्रजापतिले भिडियोको छायांकन गरेका छन् भने सम्पादन उज्जल ढकालको छ ।

क्लासिक शैलीमा श्यामश्वेत रंगमा तयार गीतको भिडियोलाई आर्टि्सटिक बनाइएको छ । प्रेम वियोगमा एक प्रेमीले प्रेमिकाप्रति समर्पित गरेका मार्मिक शब्दहरु गीतले बोल्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu