बाइक दुर्घटनामा गायक शिव परियार घाइते



चर्चित गायक शिव परियार बाइक दुर्घटनामा परेका छन् । सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफ.जेड बाइकले ठक्कर दिएको थियो ।

दाहिने खुट्टामा गहिरो चोट लागेपछि अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । यस्तै, उनको बाइकमा सवार गायक कर्णराज गिरी भने सामान्य उपचारपश्चात् घर फिर्ने तयारीमा रहेको शिवले आफ्नो आधिकारिक फेसबुकमार्फत् जानकारी दिएका छन् ।

शिवले आफू पनि अहिले खतरा मुक्त रहेको लेखेका छन् । उनीद्वारा स्वरबद्ध ‘आँशुको अर्थ’, ‘हल्ला हल्लामै’, ‘पिलायो साथीले’ लगायत सयबढी गीतहरु हिट छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu