मरिश्का अब निर्देशक



गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ‘एकतर्फी माया’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी तथा बरिष्ठ संगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गर्नु भएको एल्बममा चार आधुनिक तथा चार लोकपप गीतहरु संग्रहित छन् । गीतकार न्यौपानेको भने यो छैठौ एक्ला एल्बम हो ।

यसअघि उनको एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा आइसकेका छन् । लेखनका सबै बिधामा कलम चलाउने न्यौपानेका करिब शय भन्दा बढि गीत, गजल र भजनहरु संग्रहित छन् ।

अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका मुरारी गुरागाई नेपाली श्रोताहरु माझ चर्चित छन् । गायक गुरागाईंको माई च्वाइस नामको गीति एल्बम केहि बर्ष अगाडि सार्बजनिक भएको थियो भन उक्त एल्बमको ‘म ज्यूँदो लाश बन्न चाहान्न’ बोलको गीत सर्बा्धिक रुचाइएको थियो । साथै गायक गुरागाई रेडियो नेपालका आधुनिक र लोक बिधाका “क” श्रेणीका गायक पनि हुन् ।

संगीतकार दीपक भट्टराई भने जापान बसेरै नेपाली गीत संगीतको आकाशमा रुचाइएका छन । शास्त्रिय संगीतका गूरु दीपकका हालसम्म पाँच वटा एकल एल्बम र करिब डेढ सय गीत, गजल र भजनहरु सार्वजनिक भइसकेका छन् ।

साथै कार्यक्रममा अभिनेत्री मरिश्का पोखरेलद्वारा निर्देशन गरिएको गीत सार्वजनिक गरिएको छ । फिल्म तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्काले पहिलो पटक आफूलाई भिडियो निर्देशनमा प्रस्तुत गरेकी हुन् ।

उनले निर्देशन गरेको ‘एकतर्फी माया’ गीतमा उनि स्वयम् देखिएको छन् भने उनको को-स्टारको रुपमा पुष्प खड्का देखिएका छन् । गीतमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरे सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu