भाईरल गायक मानसले भारतिय कम्पनीसँग काम गर्दै



काठमाण्डौ। केहि महिना अघि ‘भाईरल भइदियो’ बोलको गीत मार्फत चर्चामा आएका गायक, गीतकार तथा संगीतकार मानस राजले भारतिय कम्पनीको नयाँ म्यूजिक एल्बममा काम गर्ने भएका छन् । हालै उनलाई भारतिय म्यूजिक कम्पनी विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयाँमा एक एल्बमका लागि साइन गराएको छ ।

कम्पनिका चेयरम्यान प्रकाश रोहराले गायक मानससँग लिखित सम्झौता गरिसकेका छन् भने एल्बममा समावेश हुने चार गीतको काम लगभग फाइनल भईसकेको बताईएको छ । फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा संचालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुची बढेको बताएका छन् ।

पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकासले बताए । एल्बममा रोमान्टिक गीतहरु हुने मानसले बताएका छन् । केहि गीतको भिडियो पनि छिटै नै छायाँकन गरिनेछ भने आउदो अगस्टमा एल्बम लन्च गर्ने तयारी रहेको छ ।

यसअघि विंग्स इन्टरटेन्मेन्टले चर्चित गायकहरु उदित नारायण झा , कुमार सानु , साधना सरगम , पुर्णिमा , बाबुल सुप्रियो , विपिन सचदेव , अमित कुमार , सुख्विंदर सिंह जस्ता गयाकको एल्बम बजारमा ल्याइसकेको छ । उदितका एल्बमहरु लभ यु र लभ इज लाइफ , कुमार सानुको कहना तो है , साधनाको कोइ तोह बात है , पुर्णिमाको दिल बोले पिया पिया लगायतका एल्बम तथा गीतलाई विंग्सले नै बजारमा ल्याएको थियो । बलिउड अभिनेता शाहिद कपूरले चार म्युजिक भिडियो गरेका छन् , जस मध्य तीन विंग्सकै रहेको थियो ।

साथै केहि धार्मिक भजनको एल्बम पनि यसले बजारमा ल्याएको छ । जसमा सुरेश वाडकर , अनुप जलोटा , अनुराधा पौडवाल , मनहर उदास , साधना सरगम , नितिन मुकेश लगायतले स्वर दिएका छन् । यसलाई विंग्सकै धार्मिक च्यानल भजन इन्डिया र साइ आशिर्वादमा हेर्न सकिन्छ । साथै यस कम्पनि मार्फत बलिउडका हिट फिल्महरु दोस्ती , टार्जन द वन्डरफुल कार , आउट अफ कन्ट्रोल , जिना सिर्फ मेरे लिए , अन्दाज , मेरे जीवन साथि लगायतका फिल्मको गीत पनि सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu