करिश्मालाई लाग्यो जेठमै तीज



काठमाण्डौ। तीज आउन महिनौँ बाँकी रहदा नै नेपाली संगीत बजारमा भने तीजको रौनक शुरु भईसकेको छ । तीजलाई लक्षित गर्दै बनाईएका गीतहरुको भिडियो छायांकन शुरु भईसकेका छन् । यसै क्रममा सदावहार नायिका करिश्मा मानन्धरले पनि जेठमा नै कम्मर मर्काएकी छिन् ।

शनिबार राजधानीको बुद्धनगर स्थित एक पार्टी प्यालेसमा पुग्दा त्यहाँ कुनै पार्टी चल्दै थिएन । जहाँ तीजको गीत बज्दै गरेको साउण्ड सिस्टम अनि सोही अडियोलाई फ्लो गर्दै रातो साडीमा सजिएकी करिश्मा कम्मर मर्काउँदै थिइन् । अर्की अभिनेत्री तथा कोरियोग्राफर पवित्राा आचार्यले करिश्मालाई ‘डान्सिङ स्टेप’ सिकाउँदै देखिन्छिन् । अभिनयसँगै कोरियोग्राफीमा जम्दै आएकी पवित्राले गत बर्ष कोमल ओलीको तीज गीत निर्देशन गर्दै आफ्नो अब्बलता प्रस्तुत गरिसकेकी छिन् ।

‘तीजको लहर चलिसक्यो’ बोलको गीतमा स्वर पारु रञ्जितको छ । संगीत बाबुल गिरीले भरेका छन् । शब्द पनि गिरीको नै हो । गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलले छायांकन गरेका छन् । पवित्राको निर्देशन तथा कोरियोग्राफीमा दर्जनबढि कोरसहरुले अभिनेत्री करिश्मासँगै नृत्य गरेका छन् । राम कार्कीले भिडियो निर्माणमा व्यवस्थापनको काम गरेका छन् ।

भिडियोलाई विरेन्द्र रञ्जितले निर्माण गरेका हुन् । पछिल्लो क्रममा चाड पर्व आउनु पहिले नै यसको माहोलले छुने परम्परा बसिसकेको भन्दै त्यसैलाई फ्लो गर्दै भिडियो निर्माणमा जुटेको पवित्राले बताइन् । संभवत यो बर्ष तीज जोडिएर बन्ने भिडियो र बाहिर आउने संगीत संगीतमा यो नै पहिलो हुनेछ । भिडियो केहि दिनपछि नै रिलिज गर्ने बताइएको छ ।

उता तीजको गीतमा आफ्नो अभिनय करियरमै दोश्रो पटक नृत्य गरेकी करिश्माले टीम मिलेको र मन जितेको गीत भएको कारण आफु तयार भएको बताइन् । ‘पवित्रा जी, बसन्त निरौला जी लगायत फिल्म क्षेत्र भित्रकै पर्नुभयो, सँगै पारु जीको गीतले पनि मन छोयो त्यसैको कारण म नृत्यको लागी तयार भएको हुँ’ करिश्माले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu