एलिसाको ‘मखमली चोली’ मा अल्झिए पुष्प (भिडियो)



गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ । ‘मखमली चोली’ बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ भने सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।

एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकर्षित भएको कुरालाई गीतको मध्यमबाट उतारिएको गीतकार गुरुङले बताइन् । शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ ।

भिडियोमा पुष्प र एलिशाको केमेष्ट्रि खुबै मिलेको देखिन्छ । भिडियोमा पुष्प र एलिशाको प्रेमलाई देखाइएको छ। भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको निर्देशक थापा बताउँछन्।

राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu