यूट्युबमा रुचाइयो सृजनको ‘किन दुःख मान्छौ…’ (भिडियो)



गायिका सृजना गुरुङको स्वरको एउटा नयाँ गीत तथा म्युजिक भिडियो ‘किन दुःख मान्छौ…’ बोलको गीतले यतिबेला यूट्युबमा दर्शकको मन जितेको हो । गीतमा गायक तथा संगीतकार बिपि वाग्लेको शब्द तथा संगीत सुन्न सकिन्छ । विष्णु अधिकारी उक्त गीतका संगीत संयोजक हुन्

युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा दीपक काफ्लेले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

स्टाइलिस गायिकाको रुपमा चिनिएकी सृजना गुरुङ पछिल्लो समय कन्सर्टमा समेत सक्रिय भैरहेकी छिन् । अघिल्लो वर्ष ‘मेरो एल्बम’ शीर्षकको डेब्यू एल्बम सार्वजनिक गरेकी सृजनाले यसअघि सार्वजनिक गरेको ‘खुशी छ यो मन…’ गीतको म्युजिक भिडियो पनि दर्शकमाझ लोकप्रिय भैसकेको छ ।

मेरो एल्बमका गीतहरुमार्फत सृजनाले पप गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास जारी राखेकी छिन् । ‘मेरो एल्बम’ मा किन दुःख मान्छौ तथा खुशी छ यो मनसहित फरिया र गुन्यूचोली, न रुन समाय पाएँ, वैंस मेरो फूलेका, राजकुमार जिन्दगीको, तिम्रो कोमल आँखाको शीर्षकका गीतहरु समावेश छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu