सानुले ल्याए ‘यौवनले छायो मायालु’ (भिडियो)



गायक सानु सेर्पाको नयाँ गीत ‘यौवनले छायो मायालु’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ फ्लेभरको उक्त गीतमा गायक सेर्पा स्वयंको शव्द अनि संगीत रहेको छ ।

भिडियोलाई मोक्क्ष प्रोडक्सनका प्रबिन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् । भिडियोमा चर्चित डान्सिङ ग्रुप भिमफेदी गाइजको साथमा नायिका सुमी मोक्तान फिचर्ड छन् ।

गायक सेर्पा नेपालको राष्ट्रिय टिमको पुर्व खेलाडी समेत हुन् । उनले लोक, पप र आधुनिक, राष्ट्रिय भावनाका गीतलगायत सबै विधाका गीतहरु गाएर आफुलाई भर्सटाइल गायकको रुपमा स्थपित गरिसकेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu