फरक शैलीको गीत ल्याउँदै संगम



गायक संगम लिम्बुले चाँडै दर्शक, स्रोतामाझ फरक शैलीको गीत लिएर आउँदै छन् । उनले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा‘ गीत लिएर आउन लागेका हुन् ।

राजधानीको असनस्थित क्रिएशन रेकडिङ् स्टुडियोमा उनले मंगलबार यो गीत रेकर्ड गराएका छन् । गायक लिम्बुका अनुसार, उक्त गीतको भिडियो केही दिनमा नै सार्वजनिक गरिनेछ ।

थुप्रै गीतमा संगीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेको बताए । गीतमा उनले संगीत विना पनि शब्दमा गाएका छन् । गीतमा संगमकै शब्द, संगीत र स्वरमा रहेको छ ।

‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शक/स्रोताले पक्कै मनपराउनु हुनेछ भन्नेमा आशावादी छु ‘, उनले भने ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu