‘घरको यादमा’ परदेशमा बस्नेको पीडा (भिडियो)



गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत ‘घरको याद’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतले परदेशमा बस्नेको पीडा बोलेको छ ।

सापकोटाको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा राजु, रोमा, कँडेल डोचाराम सापकोटाको अभिनय रहेको छ । संगीतकार सापकोटाले प्रवासमा रहेर नेपाली गीत संगीतमा भविष्य खोज्ने धेरैलाई सांगीतिक क्षेत्रमा भित्राइरहेका छन् ।

केही समय पहिला बेल्जियममा बस्दै आएका नारायण धिताल र अर्जुनरत्न भिकारीको एल्बम जय माया प्रेम सार्वजनिक गरिएको थियो । यो पटक जापानमा बस्दै आएका राजु कँडेललाइ प्रस्तुत गरेका छन् ।

बिशाल भट्टले छायांकन गरेको भिडियोलार्इ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने सापकोटाकै निर्देशन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu