मधुसँग सँधै हनिमुन मनाउँछुः राजेश हमाल | फागुनमा बिहे पक्का



अनिल यादव, काठमाण्डौ। नेपालका चर्चित नायक राजेश हमालले यही फागुनमा विराटनगरकी मधु भट्टराईसँग पक्का विवाह गर्ने बताएका छन् । पटक-पटक वैशाखमा र मंसिरमा लगन जुराउने भनेर ढाँट्दै आइरहेका हमालले अब चाँही फागुनमा विवाह गर्ने तयारी भइरहेको खुलासा गरेका हुन् ।

मंगलवार राजधानीमा भएको नवगायक मेघराज मगरातीको गीति एल्बम विमोचन गर्न आएका हमालसँग पत्रकारहरुले राखेको जिज्ञासामा सो कुरा खुलेको हो। हमालले बिवाहको मिती भने माघको अन्तिमतिर खुलासा गर्ने पनि बताए। ‘बिवाहपछि हनिमुन कतै गएर मनाउने विशेष सोच राख्नुभएको छ कि’ भन्ने पत्रकारहरुको एक रमाईलो प्रसंगमा हमालले भने, ‘त्यस्तो कुनै सोच छैन् र मलाई लाग्छ आफ्नो जोडीसँग एकदिन होइन सँधै हनिमुन मनाइन्छ।’

rajesh-hamal-1
यस्तै कार्यक्रममा नायक हमालले भारतवाट संगीतमा स्नातक अध्ययन गरेर आएका नवगायक मेघराज नेपालका लागी सम्भावना बोकेका गायक रहेको भन्दै प्रगतीको शुभकामना दिएका थिए। कार्यक्रमको प्रमुख अतिथी रहेका वरिष्ठ संगितकार शम्भुजित बास्कोटा र नायक हमालले संयुक्त रुपमा एल्वमको विमोचन गरेका हुन्।

बरिष्ठ संगीतकार बास्कोटाले पनि कार्यक्रममा मेघराज सांगीतक शिक्षा ग्रहण गरेर आएका गायक भएकाले नेपाली संगीतका लागी केही दिनसक्ने भन्दै शुभकामना राखेका थिए। ताप्लेजुङ घर भएका नवगायक मेघराजको डेब्यु एल्बम ‘अनमोल सृष्टी’मा पाँचवटा म्यूजिक भिडियो समावेश छन् जसमा मेघराज स्वयंले स्वर र संगीत दिएका छन्। एल्वमको ‘अलिकती खुशी…’ बोलको गीतमा नायक राजेश हमालले अभिनय गरेका छन्। यो सँगै हमालले हालसम्ममा सात वटा म्युजिक भिडियोमा अभिनय गरेको बताएका छन्।

rajesh-hamal-2
अन्य एल्वममा समावेश ‘तड्पिएर मृगतृष्णा, तिम्रो नजरको, हजार जुनी र तिम्रो मनमा’ बोलका गितहरु पनि राम्रा छन् । ‘एल्वमको प्रतिक्रिया विदेशमा राम्रो पाएको छु’, नवगायक मेघराजले भने,  ‘त्यसैले मेरो गायन यात्राको पहिलो कन्सर्ट नै हङकङमा गर्न पाएको थिए ।’ अब नेपालमा पनि कन्सर्ट गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

नवगायक मेघराज राजेश हमाल, शम्भुजित बास्कोटा र चर्चित टेलिभिजन प्रस्तोता हेम सुवेदीका ‘फ्यान’ रहेछन् । त्यसैले कार्यक्रममा हमाल र बास्कोटालाई अतिथि र सुवेदीलाई कार्यक्रम संचालकका रुपमा राख्न पाउँदा आफु हर्षित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu