‘रेलीमाई’ लिएर आइन् ईन्दिरा जोशी (भिडियो)



गायिका ईन्दिरा जोशी बिल्कुलै नयाँ यूगल गीत ‘रेलीमाइ…’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देश्ँन गरेका हुन् । निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu