लक्षुले झुमाए मन्त्रले तताए



श्यामसुन्दर गिरी, काठमाण्डौ। पुसको पहिलो साता चिसो बढीसकेको सबैले अनुभुती गरेका थिए । चिसो बढे पनि तातो माहोल बनाउन अल्फा म्युजिक र जय शम्भो इन्टरटेन्मेन्ट प्रा.लि.ले सयुंत रुपमा लाईभ कन्सर्टको आयोजना गरेको थियो ।

गत मंगलवार सेन्ट जेभियर स्कुल, जावलाखेलमा जनजाती तथा अपाङ संघको सहयोगार्थ आयोजित उक्त कन्सर्टमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आर्चाय प्रमुख अतिथी थिए। पपुलर सेलिब्रेटीको उपस्थितका कारण निर्धारीत समय भन्दा करिब २ घण्टा शुरु भए पनि दर्शकहरुले साथ दिएका थिए । प्रमुख अतिथीद्वय श्रेष्ठ र आर्चायले सो अबसरमा अपाङका लागि दर्जन भन्दा बढी ह्विलचियर  वितरण गरे ।

concertq
साँझ ढल्कदो थियो दर्शकहरु कलाकारको लाईभ प्रस्तुती र्हेन आतुर थिए । त्यसै बेला कार्यक्रम सञ्चालक हेम सुबेदीले पहिलो कोशेलीको रुपमा गायक लक्षु निरौलालाई तब स्टेजमा बोलाए, दर्शकको ताली र हुटिङले चिसो समयलाई तताउने छनक देखाएका थिए । निरौला रक्सी गिलीनमा भन्दै स्टेजमा देखा परे त्यसपछि दर्शकलाई झुमाउनका लागि झुम्यो तिम्रो बदन गाउदै दर्शकलाई झुमाए ।

सबिन राई, सुगम पोख्रेल र मन्त्र ब्याण्डले प्रस्तुती दिए । दार्जिलिङबाट काठमाण्डौ आएको ब्याण्ड मन्त्रले हिमाली पहाडी, संस्कृती, लगायत आफ्ना चर्चित गीत सुनाए । यी गीतमा माहोल निकै तातीसकेको थियो। समय अभाबका कारण मन्त्रले दर्शकको चाहना अनुरुपको वान्स मोर डिमाण्डका गीत भने गाउन भने सकेन ।

concertr

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu