यी ५ सुपरहिट चलचित्र, जुन दीपिकाले नकारिन् !



बलिउडमा हरेक अभिनेत्रीको सपना हुन्छ सलमान, आमिर र शाहरुख खानसँग स्क्रिन सेयर गर्ने । तर, यो सुनेर तपाईहरु अचम्ममा पर्नुहुनेछ कि बलिउड अभिनेत्री दीपिका पादुकोणले तिनै सुपरस्टारका सुपरहिट चलचित्र अस्वीकार गरिसकेकी छिन् ।

उनले सलमानको तीन, शाहरुख र आमिरको एक एक चलचित्रको प्रस्ताव अस्वीकार गरेकी छन् । दीपिकाले छाडेका यी चलचित्रले बक्सअफिसमा सानदार कलेक्सन गरेका थिए ।

‘सुल्तान’

अनुश्का शर्माले चलचित्र ‘सुल्तान’ मा आरफाको भुमिका निभाएकी छन् । महिला कुस्तीबाज र सलमानको पत्नीको यो रोललाई उनले धेरै राम्रोसँग निभाएकी छन् तर तपाईलाई थाहा नहुन सक्छ अनुश्काभन्दा पहिले यो रोलका लागि दीपिकालाई अफर गरिउको थियो ।

‘प्रेम रतन धन पायो’

सलमानको अर्को सुपरहिट चलचित्र ‘प्रेम रतन धन पायो’ मा सोनम कपुरले निर्वाह गरेको राजकुमारी मैथली देवीको भुमिकाका लागि पहिला दीपिकालाई अफर गरिएको थियो तर यसको सट्टा उनले रणविर सिंहसँग ‘बाजीराब मस्तानी’ मा मस्तानी बन्ने फैसला लिइन् ।

‘किक’

हरेक बलिउड नायिकाले स्क्रिन सेयर गर्न चाहने सलमानको एक-दुई होइन तिनवटा सुपरहिट चलचित्र दीपिकाले छाडेकी छन् । सलमानको अर्को सुपरहिट चलचित्र ‘किक’ मा पनि ज्याकलिनलाई लिनुअघि दीपिकालाई अफर गरिएको थियो तर उनले यो चलचित्र पनि अस्विकार गरिन् ।

‘धुम ३’

आमिर खानको सुपरहिट चलचित्र ‘धुम ३’ मा केटरीना कैफभन्दा पहिले दीपिकालाई अफर गरिएको थियो । तर, आफ्नो व्यस्त सेड्युलका कारण उनले आमिरको यो चलचित्र पनि छोडेकी थिइन् ।

‘जब तक हे जान’

यश चोपडाको अन्तिम निर्देशन शाहरुख खान स्टारर चलचित्र ‘जब तक हे जानमा’ कैटरीना कैफभन्दा पहिले दीपिकालाई अफर गरिएको थियो तर उनले यो चलचित्र पनि छोडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu