‘रेस ३’ ले कमायो पहिलो दिन २९ करोड



बलिउड सुपरस्टार सलमान खानको नयाँ चलचित्र ‘रेस ३’ लामो समयदेखि दर्शकमाझ व्यग्र प्रतिक्षामा थियो, त्यो प्रतिक्षा जून १५ बाट सकिएको छ । शुक्रवारबाट यो चलचित्र संसारभर एकसाथ प्रदर्शनमा आएको छ ।

दर्शकको बीच ‘रेस ३’ लाई लिएर उत्सुकता यति धेरै थियो कि चलचित्रको गीत र ट्रेलर सोसल मिडिया लामो समयसम्म टप ट्रेन्डिङमा रहेको थियो । यो चलचित्र भारतमा ४३ हजार स्क्रिनमा रिलिज भएको छ । चलचित्र ब्यापार बिश्लेषक तरण आर्दशले सामाजिक सञ्जालमार्फत् ‘रेस ३’ को पहिलो दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् ।

चलचित्रले पहिलो दिन भारतीय बजारबाट मात्र कूल २९ करोड १७ लाखको कलेक्सन गरेको छ । यसको विकेन्ड कलेक्सन सय करोड माथी हुने आँकलन गरिएको छ । सलमान खानको यो चलचित्रको बजेट १४० करोड हो ।

यसको सेटेलाइट राइट्स १५० करोडमा विक्रि भइसकेको छ । एक्सनबाट भरपूर ‘रेस ३’ का निर्देशक रेमो डिसूज हुन् । चलचित्रमा सलमान खानसँगै अनिल कपूर, बबी देओल, जैकलीन फर्नान्डिज, साकिब सलीम, डेज़ी शाह र फ्रेडी दारुवाला जस्ता कलाकारहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu