‘मायाको आभाष’ लिएर आएर गायक गौतम (भिडियो)



काठमाण्डौ। गायक तथा संगीतकार शिवराज गौतमको स्वरमा रहेको नयाँ गीत ‘मायाको आभाष’ बोलको म्यूजिक भिडियो यूट्युबमा सार्वजनिक भएको छ । गायक स्वयमको शब्द तथा संगीत रहेको गीतको भिडियोमा शुशील नेपाली, उषा पुन, कृष्ण भुजेल र सुस्मिता पुन फिचर छन् ।

गीतमा स्याक्सोफोनको समेत प्रयोग गरिएको छ । नेपालमा पहिलो पटक आफ्नै स्वर, संगीत, रचना र स्याक्सोफोन भर्ने गौतम पहिलो गायक हुन् । उनी आफूले फरक शैलीमा गीत तयार पारेको बताउँछन् ।

गीतका एरेञ्जर आर.वी खाती हुन् । शुशील नेपालीको निर्देशन रहेको भिडियोमा नेत्र गुरुङको सम्पादन र छायांकन छ ।

यसअघि गायक तथा संगीतकार शिवराज गौतमले ११ भन्दा बढी गीतमा संगीत भरिसकेका छन् भने ४ सय बढी साना ठूला गरि स्टेज शोमा आफ्नो प्रस्तुती दिइसकेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu