‘रेस ३’ नराम्रो थियो भने सफल हुँदैन थियो’ : बबी देओल



समिक्षकहरुबाट झुर प्रतिक्रिया पाएपनि चलचित्र ‘रेस ३’ ले दर्शक जोड्न सफल भएको अभिनेता बबी देओलले बताएका छन् । आलोचनाका बीच पनि सलमान खान अभिनीत यो चलचित्रले बक्सअफिमा सय करोडको आँकडा पार गरिसकेको छ ।

आलोचनाको बारेमा सोधिएको प्रश्नमा देओलले भने, ‘म एकदम खुसी छु कि मेरो र सबै कलाकारको कामलाई दर्शकले तारिफ गर्नुभएको छ । हामी आलोचना गरिरहन्छौं । यो कुराले तब अर्थ राख्छ जब चलचित्र वास्तवमै झुर बनेको होस् । यदी नराम्रो बनेको भए ‘रेस ३’ व्यवसायिक रूपमा यति सफल हुँदैन थियो ।’’

‘‘मानिसहरुले चलचित्र निकै रुचाएका छन् । म चाहन्छु कि यस प्रकारका चलचित्र सधै गर्न पाइरहुँ र मानिसहरु हाम्रो काम मनपराइरहुँन ।’’ उनले भने ।

बबी अगाडि भन्छन्, ‘‘सबै खुसी छौं । चलचित्रले राम्रो कलेक्सन गरिरहेको छ । योभन्दा अरु के चाहिन्छ र ?’’ देओल चाँडै ‘यमला पगला दीवाना’ श्रृंखलाको नयाँ चलचित्रमा देखिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu