‘मुन्ना भाई ३’ कि ‘३ इडियट्स’ ? कुन बन्ला पहिला ?



निर्देशक राजकुमार हिरानी पछिल्लो पटक बक्सअफिसमा सफल दुई चलचित्रको सिक्वेलमाथी काम गर्दैछन् । उनी ‘३ इडियट्स’ र ‘मुन्ना भाई एमबीबीएस’ को सिक्वेल बनाउने तयारीमा छन् ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सञ्जु’ को प्रमोशनमा व्यस्त हिरानीले मिड-डेसँग कुराकानी गर्दै भने, ‘अवश्य पनि हामी ‘३ इडियट्स’ को सिक्वेल बनाउन चाहन्छौं । लेखक अभिजात र मैले केही दिनदेखि यसमाथी लेख्न पनि सुरु गरिसकेका छौं ।’

हिरानी अगाडि भन्छन्, ‘अहिले यो भर्खर सुरुवाती चरणमा छ र हामी स्क्रिप्ट तयार गर्न प्रयाप्त समय लिने छौं ।’ मिडियाका अनुसार, संजय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ रिलिजपछि हिरानीले ‘मुन्ना भाई ३’ को स्क्रिप्ट फाइनल गर्नेछन् । ‘३ इडियट्स’ को दोस्रो पार्ट भन्दा अगाडि हिरानीले ‘मुन्ना भाई ३’ बनाउने सम्भावना बढी छ ।

‘३ इडियट्स’ को दोस्रो पार्टको स्क्रिप्ट तयार गर्न हिरानीलाई समय लागेपनि ‘मुन्ना भाई ३’ को स्क्रिप्ट भने तयारी अवस्थामा छ । संजय दत्त र अरशद वारसी स्टारर चलचित्र ‘मुन्ना भाई एमबीबीएस’ साल २००३ मा रिलिज भएको थियो, जुन बक्सअफिसमा सफल साबित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu