‘KIVI’ मोबाईलको ब्राण्ड एम्बेसडरमा दिपक खाँड



Dipak-Khad_KIVI-4
ठुलोपर्दा डटकम, काठमाण्डौ।
शुक्रवार आर्मी अफिसर्स क्ल्ब सुन्धारामा एउटा नयाँ मोबाईल फोन कम्पनीको मोबाईल सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो। नेपाल भरिका मोबाईल बिक्रेता साथै नेपाली चलचित्रका बरिष्ठ कलाकार तथा निर्देशक निर शाह, गायिका मिलन अमात्य, गायक प्रह्लाद तिमिल्सिना, शसान कँडेल, निराजन कँडेल लगाएतका अन्य थुप्रै व्यक्तिहरुका उपस्थितीमा सो कार्यक्रम आयोजना भएको थियो।

सार्वजनिक ‘KIVI’ मोबाइलको ब्राण्ड एम्बेसडरको रुपमा नेपाली चलचित्रका निर्माता, निर्देशक तथा बलिउड कलाकार दिपक खाँडलाई घोषणा गरियो। एम्बेसडर घोषित भएपछि खाँडले उक्त कम्पनीको सबैभन्दा महंगो एण्ड्रोइड मोबाईल ‘kt 1000 tab’ को सबैसामु र्याम्पमा सार्वजनिक गरेका थिए।

साथै उक्त कार्यक्रममा फ्याँकिएका प्लास्टिकका टुक्राहरु, प्रयोग भइसकेका रिचार्ज कार्डहरु, फालिएका स्याउका खोलहरुबाट बनाईएका कपडाहरुको फेसन शो समेत गरिएको थियो। वातावरण सम्बन्धि समाजमा जनचेतना जगाउने उद्देश्यले शो फेसन शो गरिएको बताईएको छ।

ब्राण्ड एम्बेसडर खाँडले सो मोबाईल कम्पनीका दश हजार सेट मोबाईलहरु अर्डर भइसकेको बताए। कार्यक्रममा कम्पनीमा प्रबन्ध निर्देशक मोहन बंशल र गोबिन्द बंशलने एक बर्ष वारेन्टी सहितका ‘KIVI’ मोबाईल सेटहरु सबै नेपालीले मन पराउने विश्वास व्यक्त गरेका छन्। ‘हामी नेपालीको मोबाईल किभी मोबाईल’ भन्ने नारा सहित नेपालमा सार्वजनिक गरिएको हो। कार्यक्रममा हङ्कङ्बाट सो कम्पनीका एमडी आवेश धनुका र आशिस धनुका पनि सहभागि थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu