‘बितेका पल’को ओभरसिज व्यापार सुरु | भिडियो



biteka-pal-keki
ठुलोपर्दा डटकम, काठमाडौं
। कतै गीतले त कतै कथाको बारेमा सार्वजनिक भएका केही तथ्यहरुको कारण पछिल्लो समय चौतर्फी रुपमा चर्चा बटुलेको नेपाली चलचित्र ‘बितेका पल’ले ‘ओभरसिज रिलिज’ सुरु गरेको छ । ञथार्थ कथामा निर्माण गरेको भनिएको यो चलचित्र जनवरी देखी अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शनमा आउँदै छ ।

अमेरिकामा नै रहेका चलचित्रका लगानीकर्ता क्रिश रिजालको व्यबस्थापनमा यो चलचित्रले आफ्नो ‘ओभरसिज रिलिज’ सुरु गरेको हो । चलचित्रका निर्माता राजेश घतानीले दिएको जानकारि अनुसार अमेरिका सँगै अबको केहिदिन बाट नै यो चलचित्र विश्वका अन्य बिभिन्न देशहरुमा समेत प्रदर्शनको तयारी छ ।

नेपालमा आगामी पौष २६ गतेलाई प्रदर्शनको मिति तोकेको यो चलचित्रको निर्माण युनिटले यो बीचमा आईतवार राजधानीमा ‘ग्राण्ड प्रिमियर’ गर्ने तयारी गरिरहेको छ । यो चलचित्रमा बाबु बोगाटी, केकी अधिकारी, अबिनाश गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अमेरिका रिलिजका लागि तयार यो प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu