‘सञ्जू’ ले तीन दिनमा छाप्यो १ सय २० करोड



बलिउड एक्टर रणबीर कपूर स्टारर चलचित्र ‘सञ्जू’ ले घरेलू बजारबाट तीन दिनमा सय करोड छाप्न सफल भएको छ । निर्देशक राजकुमार हिरानीको चलचित्र ‘सञ्जू’ ले पहिलो दिन ३४.७५ र दोस्रो दिन ३८.६० करोड कमाएको थियो ।

अब यस चलचित्रको तेस्रो दिनको कलेक्सन रिपोर्ट पनि सार्वजनिक भएको छ । ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार, चलचित्रले प्रदर्शनको तेस्रो दिनमा ४६.७१ करोडको कलेक्सन गरेको छ ।

यस हिसाबबाट ‘सञ्जू’ ले तीन दिनमा कूल १ सय २० करोडको कमाई गरेको छ । पहिलो विकेन्डमा १ सय २० करोड कमाउन सफल रणबीर कपूरको ‘सञ्जू’ ले बक्सअफिसमा कमाईको मामलामा सबै चलचित्रलाई पछाडि छाडेको छ ।

चलचित्रमा सञ्जय दत्तको भूमिकामा रणबीर कपूरले सानदार फरर्फेन्स दिएका छन् । अहिले उनको कामको चौतर्फी प्रशंसा भइरहेको छ । ‘सञ्जू’ ले रणबीरलाई अहिलेसम्मकै सबैभन्दा ठूलो गिफ्ट दिएको छ । यो उनकोे करिअरको सबैभन्दा ठूलो ओपनिङ चलचित्र बनेको छ ।

‘सञ्जू’ मा सुनील दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनीषा कोइराला र मान्यता दत्तको भूमिकामा दिया मिर्जा छन् । यस्तै, उक्त चलचित्रमा सोनम कपूर र अनुष्का शर्मा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu