चलचित्र ‘जय शम्भु’ को टीजर सार्वजनिक भएको छ । यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको प्रमुख भूमिका छ । र, टिजरमा बर्षाका लागि दुई अभिनेता एकअर्कासँग भिडेका छन् ।
एक्सन लभस्टोरी भनिएको यो चलचित्र आगामी भाद्र १ गते देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ । दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’ मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
यस्तै, सह-निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले छन् । चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । हरि घले लामाको छायांकन रहेको यो चलचित्रमा श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन र रामजी लामिछानेको नृत्य रहेको छ ।
चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानालगायतको पनि प्रमुख भूमिका छ ।
टीजर हेर्नुहोस् :-