‘बोबी’ गीत : उमेशको आँखाको नानी कविता (भिडियो)



असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘अरे सुन…’ गीतमा ताराप्रकाश लिम्बुको शब्द तथा संगीत छ भने प्रविशा अधिकारी र संगीतकार लिम्बु आफैंले स्वर दिएका छन् ।

बनिश शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका लिड कलाकार उमेश थापा र कविता गुरुङ रोमान्टिक मूडमा देखिएका छन् । गीत हेरुन्जेल नर्वेको मनमोेहक लोकेशन र नवराज कृष्ण थापाको खिचाईले आँखालाई शितलता प्रदान गर्छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

मिलन चाम्स निर्देशित यो चलचित्र उमेश र कविताको वातविक प्रेमकथामा निर्माण भएको हो । यसमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu