‘रानी महल’ : २० प्रतिशत छायांकनमै २ करोड स्वाह, निकितालाई असर कति ?



२०१७ की मिस नेपाल हुन् निकिता चन्दक । मिस नेपालको ताज पहिरिएपछि उनलाई चलचित्रमा लिन केही निर्माता/निर्देशक लाइनमै लागे । जब श्रृंखला खतिवडाले २०१८ को मिस नेपाल उपाधि जितिन् त्यसपछि उनी खुल्ला भइन् ।

आफ्नो नाम अगाडि ‘पूर्वमिस नेपाल’ उपाधि झुन्डिएको केही दिनमै निकिताले साइन गरिन् पहिलो चलचित्र ‘रानी महल’ । उनीभन्दा अगाडि योे चलचित्र अभिनेत्री वर्षा सिवाकोटीले साइन गरेकी थिइन् । तर, फ्लोरमा जान ढिलाई भएपछि वर्षा चलचित्रसँग जोडिरहन सकिनन् । उनले हात झिके लगत्तै चलचित्रमा निकिता भित्रिइन् ।


उनले यो चलचित्रका लागि १० लाख पारिश्रमिक बुझेकी छिन् । साइन गर्दा ५ लाख र सुटिङको आधाउधीमा ५ लाख पाउने सहमतीमा निकिता चलचित्र ‘रानी महल’ को लिड रोेलमा अनुवन्धित भइन् । केही हप्ता वर्कशपमा समय विताएपछि चलचित्र यूनिट सुटिङका लागि पाल्पा लाग्यो ।

रोचक कुरा त चलचित्रको २० प्रतिशत मात्र छायांकन सकिँदा निर्माताको २ करोड स्वाह भयो । फिल्मको सुटिङ सकिँदासम्म ५ करोड लाग्ने भएपछि अब ‘रानी महल’ नबन्ने अवस्थामा पुगेको छ । यसले निर्मातालाई विल्लीबाठ त बनायो नै उता अभिनेत्रीको रुपमा चिनाउन नपाउँदैैै निकिताको करिअरमाथि ठूलो बज्रपात भएको छ ।

‘रानी महल’ अब पूरा नहुँदै थन्किए उनको हातमा नयाँ प्रोजेक्ट पर्ने सम्भावना निकै न्यून रहन्छ । अब निकिताको अभिनय यात्रा कस्तो रहँला सबैको चासो केन्द्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu