‘टाइगर…’ को तेस्रो सिरिज बन्ने



बलिउड सुपरस्टार सलमान खानको हिट फ्रेन्चाइजी ‘एक था टाइगर’ को तेस्रो सिरिजमा पनि निर्माण हुने भएको छ । यसका लागि अभिनेता खानले स्वीकृत दिएका छन् ।

‘टाइगर…’ को दुई सिरिज हिट साबित भएका थिए । अब दर्शकलाई तेस्रो भागको प्रतिक्षा छ । टाइगरको नयाँ अध्यायमा कहानी के हुनेछ त्यसको खुलासा गरिएको छैन । तर, तेस्रो पटक पनि सलमान नै यो जासूसी ड्रामा चलचित्रमा टाइगरको भूमिकामा देखिनेछन् ।


सलमान अहिले आफ्नो नयाँ प्रोजेक्ट ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ लाई समय दिने तालिका छ । दुई चलचित्रको छायांकन सकिएपछि उनले ‘टाइगर’ को तेस्रो सिरिजको काम सुरु गर्नेछन् ।

पछिल्लो दुई चलचित्रमा सलमानसँग अभिनेत्री क्याटरिना कैफ नै लिड एक्ट्रेस थिइन् र यो जोडीले निकै धूम मच्चाएको थियो । भारतीय मिडियाका अनुसार, यसको तेस्रो सिरिजमा पनि सलमान र क्याटरिनाको जोडी दोहोरिने प्रवल सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu