‘पहिलो नम्बर सुन’ मा सहिमा र खुश्बुको ठुम्का (फोटोसहित)



महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठ आवाजमा रहेको ‘पहिलो नम्बर सुन’ बोलको गीतको छायांकन सकिएको छ ।

गीतमा शान्ति प्रियको शब्द रचना रहेको छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् । साहिमा श्रेष्ठ र खुश्बु खड्काको अभिनय रहेको म्यूजिक भिडियोमा अभिनेत्री पवित्रा आचार्यले कोरियोग्राफी गरेकी छन् ।

शिब ढकालको छायांकन रहेको गीतको भिडियोको व्यवस्थापन पक्ष राम कार्कीले सम्हालेका छन् । केही दिनमा नै यस गीतको भिडियो सार्वजनिक गरिने गायिका सहिमाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu