तीज गीतमा नाचे नीता र दीपेन्द्र (भिडियो)



गायिका मञ्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द, पवित्रा सर्तुङ्गे मगरको संगीत र आशिष अविरलको एरेन्ज छ ।

गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र पत्रकार दीपेन्द्र घिमिरेले ठुम्का लगाएका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दीपेन्द्रले तीज गीतमा पहिलो पटक अभिनय गरेका हनु् ।

‘आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ । तर, तीज गीतमा पहिलो पटक हो । गाह्रो होला कि जस्तो लागेको थियो तर गायिका मञ्जु पौडेल र अभिनेत्री नीताको सहयोगका कारण सजिलो भयो,’ दीपेन्द्रले भने ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu