‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत रिलिज (भिडियो)



अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘तिम्रै लागि हो…’ बोलको गीतले यी दुईको प्रेमभाव बोल्छ ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । यो सहित चलचित्रमा समावेश ६ गीत सार्वजनिक भैसकेका छन् ।


‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ चलचित्र निर्देशन गरेका थिए । निर्देशक केसीको पटकथा रहेको चलचित्रमा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।

चलचित्रमा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । चलचित्र ‘रोमियो एण्ड मुना’ मा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।

यो चलचित्र साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu