भाद्र १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जय शम्भु’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘म त परेँ तिम्रै भर…’ बोलको गीतमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन् ।

गीतले यी दुईको प्रेमभाव बोल्छ । अञ्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको गीतको शब्द अमृता नेपालले लेखेकी हुन् । गीतमा संगीत टंक स्वयंको छ । राजमी लामिछाने गीतका कोरियोग्राफर हुन् ।
प्रस्तुतकर्ता दिनेश शाहीले सार्वजनिक गीत खिच्न १० दिन लागेको र २० लाख खर्च भएको बताए । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशक रुपेश रुपेश तामाङ र अभिनेता अनुप अनुपस्थित हुँदा कलाकार प्रशान्त ताम्राकार र वर्षा भने उपस्थित थिए ।

२ करोडको लागतमा निर्माण भएको चलचित्र ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो चलचित्र एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता शाहीले जानकारी दिए ।
उक्त चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् ।
गीत हेर्नुहोस् :-




