स्टारडमको पछाडि लाग्दिनँ : सोनम कपूर



बलिउड चलचित्रमा अभिनय गर्न थालेको एक दशक पार गरिसकेकी अभिनेत्री सोनम कपुरले चर्चा र स्टारडमका पछाडि नलाग्ने बताएकी छिन् । उनी राम्रो काम छनोट गर्ने नायिकामा पर्छिन् ।

सोनम २००६ मा सञ्जयलीला भन्सालीको चलचित्र ‘ब्ल्याक’ बाट सहायक निर्देशकका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनी अभिनीत पछिल्लो रिलिज चलचित्र ‘वीरे दी वेडिङ’ हो ।

सोनम ‘सँवारिया’ चलचित्रबाट अभिनयको संसारमा प्रवेश गरेकी हुन् । उनले ‘खुबसुरत’, ‘निरजा’ र ‘प्रेम रतन धन पायो’ जस्ता दर्जनौँ सफल चलचित्र दिएकी छन् ।

हालै मुम्बईमा भएको एक इभेन्टमा उनले भनेकी छिन्, ‘म कहिल्यै पनि फेम र स्टारडमको पछाडि लागिनँ । मैलै सधैँ राम्रो काम गर्न चाहेँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu