‘शुभ लभ’ बन्ने, युवा ज्योतिष हरिहर नायक



युवा ज्योतिष हरिहर अधिकारीको प्रमुख भूमिकामा चलचित्र ‘शुभ लभ’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ को कथा लेखेका उनले यस चलचित्रबाट भने नायकको रुपमा डेब्यु गर्दैछन् ।

उनकै लेखन रहेको यस चलचित्रको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ ।

ज्योतिष अधिकारीको अपोजिटमा मिस टिन २०१७ की विजेता कृष्टिन पौडेल र डा. सुर्य थापा रहनेछन् । भाद्र १५ गतेबाट फ्लोरमा जाने चलचित्रको प्रदर्शन मिति चैत १५ गतेलाई तोकिएको छ ।

बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्तामा प्रदीप उदय छन् । सन्तोष बाबु लोहरीले निर्देशन गर्ने ‘शुभ लभ’ लभस्टोरी कमेडी जनरामा निर्माण हुने बताइएको छ ।

यो चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रका प्रस्तुतकर्ता प्रदीप उदय अतिथी भूमिकामा देखिने कार्यक्रममा जानकारी गराइयो ।

निर्माता उदय भन्छन्, ‘हामी छायांकन सकेर २ महिना प्रचारका लागि समय छुट्याउने छौं । एउटा उत्कृष्ट चलचित्र बनाउने हाम्रो कोशिश रहनेछ ।’ रामेश्वर कार्कीले खिच्ने फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

युवा ज्योतिष अधिकारीले चलचित्रको कथा आफ्नो प्रोफेसनलाई मिल्ने खालको रहेको बताए । अब नायक भन्ने कि ज्योतिष ? पत्रकारको प्रश्नमा उनले भने, ‘नायक ज्योतिष भन्नुहोला ।’

उक्त चलचित्रमा रोशन भट्टराईको द्वन्द्व रहनेछ भने कोरियोग्राफरको जिम्मेवारी रामजी लामिछानेले पाएका छन् । अभिमन्यु निरवीको यस चलचित्रमा पटकथा तथा संवाद छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu