बिदेशमा बसेका नेपालीहरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘गल्ति मेरो थियो होला’ सार्बजनिक भएको छ । नक्कले गाइजको प्रस्तुति रहेको भिडियो कुवेतमा छायांकन गरिएको हो ।

राज दोङ्ग र अभियान दोङ्गको आवाज रहेको छ । अभियानको शब्द रहेको गीतमा राज दोङ्गको संगीत रहेको छ ।
नक्कले प्रेम स्यांग्तानले निर्देशन गरेको भिडियोमा एउटा केटाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पिडा देखाउन खोजिएको छ ।
नक्कले प्रेमकै छायांकन रहेको भिडियोलार्इ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् । भिडियोमा आरोन्स योल्मो, सरु गिरि, बबाल ठकुरी र दिपक राइको अभिनय रहेको छ।
भिडियो :-






