‘पहिला नम्बर सुन’ मा सहिमा र खुश्वको ठुम्का (भिडियो)



गायिका सहिमा श्रेष्ठले ‘पहिला नम्बर सुन’ बोलको तीज गीत लिएर आएकी छिन् । मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा उनले लीएर आएको तीज गीत पहिला नम्बर सुन उनले बिहिबार युट्यूव मार्फत रिलिज गरेकी छिन् ।

वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको छ भने युवा संगीतकार सन्तोष श्रेष्ठले यस गीतको लय/संगीत तयार पारेका छन् । गीतको एरेञ्ज कृष्ण पुनले गरेका हुन् भने गीत प्रिज्म रेकर्डीङमा रेकर्डीङ गरिएको हो ।

गीतको आकर्षक भिडियो तयार पारिएको छ । भिडियोको छायांकन वरिष्ठ छायांकार शिव ढकालले गरेका छन् भने सम्पादन विष्णु शर्माको रहेको छ । गीतको कोरीयोग्राफी तथा निर्देशन अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् ।

गीतमा मौलीक लय–संगीतको साथै मौलीक शब्दहरु प्रयोग गरिएको छ । आकर्षक भिडियोमा अभिनेत्री खुश्वु खड्का तथा गायिका स्वयम् सहिमा श्रेष्ठलाई फिचरीङ गरिएको छ । गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu