निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित “नाच फिरिरि” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द संगित रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् ।
पोखरा आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैंले निर्देशन गरेका छन् । भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर भएका छन् ।
भिडियो :-






