नेपाली टेलीभिजनको इतिहासमा एउटा छुट्टै पहिचान बनाएको रियालिटी सो हिमालय रोडिजको दोस्रो संस्करण श्रावण चौध गते सोमबारदेखि हिमालय टेलिभिजनमार्फत् प्रशारण हुने भएको छ ।
नेपाली युवापुस्ताहरुका लागि लक्षित गरी बनाइएको र युवापुस्ता द्वारा निकै रुचाइएको यस एड्भेन्चर रियालिटी शोको प्रोमो प्रशारण भइरहेको छ र उक्त प्रोमो यु टुवमा ट्रेन्डिङ लिस्टमा समेत देखा परिसकेको छ ।
गत संस्करणकी विवादित जज दिया मास्के र प्रतिस्पर्धीै बीचको घम्साघम्सी प्रोमोमा देख्न सकिन्छ । हिमालय रोडिजका गत संस्करणका बिजेता समन श्रेष्ठ र अनिमेश शाही कार्यक्रम प्रश्तोता रहेको यस शोमा रेमनदास श्रेष्ठ, दिया मास्के र अशिष राना ‘लाउरे’ यस वर्ष पनि निर्णायकको भुमिकामा देखिने छन ।
कुल अठार श्रृंखला प्रशारण हुने यस रियालिटी शोमा पाँच श्रृंखला, ५ शहर चितवन, बुटवल, पोखरा, इटहरी र काठमाण्डौमा गरिएको अडिसन राउण्ड हुनेछ भने बाँकी १३ श्रृंखलामा जर्नी राउण्ड हुनेछ ।
सामाजमा सजिलै खुलेर बोल्न नसकिने विषयवस्तुुहरुलाई गत संंस्करण भन्दा यस संस्करणको अडिसन राउन्डमा अझै सशक्त ढंगले प्रश्तुुत गरिएको निर्देशक अमन प्रताप अधिकारीले बताएका छन ।
हिमालय रोडिजको बिजेताले बिस लाख रुपयाँसम्मको नगद र यामाहा एफ जेड्– २५० सीसी मोटर साइकल प्राप्त गर्नेछन । हरेक साताको सोमबार साँझ आठ बजेदेखी हिमालय रोडिजको श्रृंखला हिमालय टेलिभिजनमा प्रशारण हुनेछ ।
भारत लगाएत दक्षिण एसियामा निकै प्रख्यात रहेको यो एड्भेन्चर रियालिटी शो एम टिभी रोडिजको फ्रेन्चाइज हो । पहिलो संस्करण उत्कृष्ट र सफल सावित भएको यस रीयालीटी शोको दोस्रो संस्करण हेर्नको लागि युवापुस्ता निकै उत्साहित छन् ।