कैटरीनाले लिइन् प्रियंकाको ठाउँ



बलिउड सुपरटार सलमान खानको चलचित्र ‘भारत’ मा अभिनेत्री कैटरीना कैफ भित्रिएकी छन् । यसअघि उनको ठाउँमा अभिनेत्री प्रियंका चोपडा थिइन् । उनले अचानक चलचित्र छाडेपछि कैटरीनालाई नायिकाको रुपमा अनुबन्ध गरिएको हो ।

सको जानकारी स्वयं चलचित्रका निर्देशक अली अब्बास जफरले दिएका छन् । मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशकले कैटरीनाको नाममा लालमोहर लगाए ।

‘टाइगर जिन्दा हे’ पछि ‘भारत’ मा सलमान-कैटरीना एकसाथ देखिन लागेका हुन् । अभिनेता सलमानले पनि सामाजिक सञ्जालमार्फत् कैटरीनालाई फिल्ममा स्वागत गरेका छन् ।


मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशक अली अब्बास जफरले भने, ‘म सलमान खान र कटरीनासँग फेरि काम गर्नका लागि एकदम एक्साइटेड छु । पछिल्लो चलचित्रमा पनि हामीलाई साथमा काम गर्न निकै रमाइलो भएको थियो । यो प्रोजेक्टका लागि कैटरीनालाई छोटो समयमा सेलेक्ट गरिएको हो ।’

अली अब्बास जफर र सलमान खान पहिला देखि नै साथी हुन् र, यी दुईले यसअघि दुई चलचित्रमा काम गरिसकेका छन् ।

वर्ष २०१६ मा आएको चलचित्र ‘सुल्तान’ र वर्ष २०१७ मा आएको चलचित्र ‘टाइगर जिन्दा हे’ मा सलमान र जफरले सँगै निर्देशक-एक्टरको रुपमा काम गरेका थिए ।

यसको अलावा पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ मा कटरीना कैफ पनि चलचित्रको हिस्सा रहेकी थिइन् । रिपोर्ट्सका अनुसार, ‘भारत’ २०१९ को ईदमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu