‘घायल’ को सिक्वेल बन्ने



बलिउड अभिनेता सनी देओलको १९९० मा आएको सुपरहिट चलचित्र ‘घायल’ बन्ने भएको छ । यसपटक उनले यो चलचित्रमा अभिनयसँगै निर्देशन पनि गर्ने भएका छन् ।

‘घायल’ सिरिजको पहिलो चलचित्रको निर्देशन राजकुमार सन्तोषीले गरेका थिए । यसपटक उनलाई सनीले प्रोड्यूस गर्न अफर दिएका छन् । ‘नानू की जानू’ निर्माता साजिद कुरेशी पनि यो प्रोजेक्टमा सहकार्य गरेका छन् । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ ।


पहिला ‘घायल’ फिल्मको कहानीमा अन्तिममा पुलिसले सनीलाई गिरफ्तार गर्छ । खबरअनुसार, ‘घायल २’ को कहानी त्यहीबाट सुरु हुनेछ । अर्थात्, सनी जेलबाट बाहिर आएपछि के हुन्छ ? त्यही कहानीमा ‘घायल २’ बन्नेछ ।

यही महिना सनी देओल मनाली जाँदैछन्, जहाँ उनी स्क्रिप्ट पढ्नेछन् । उनी भन्छन्, ‘म पहिला पनि यसको दोस्रो पार्ट बनाउन चाहन्थेँ । तर त्यसबेला बलिउडमा सिक्वेल बनाउने कुनै चलन थिएन ।’ ‘घायल’ आफ्नो समयको सबैभन्दा हिट चलचित्र थियो । यो चलचित्रले सात फिल्म फेयर अवार्ड जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu