भदौ १५ मा ‘चङ्गा चेट’ नआउने कन्फर्म



दीपेन्द्र के. खनाल निर्देशित तथा माधव वाग्ले निर्मित चलचित्र ‘चङ्गा चेट’ पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नआउने पक्का भएको छ ।

केही हप्ता अगाडि निर्माण टिमले चलचित्रको रिलिज डेट भदौ १५ गतेलाई लक गरेको थियो । सो मितिमा चलचित्र रिलिज गर्ने भन्दै गीत सार्वजनिक गर्न कार्यक्रम पनि राखिएको थियो । तर अन्तिम समयमा टेक्निकल प्रोब्लम भन्दै गीत सार्वजनिक गरिएन ।

निर्देशक दीपेन्द्र के. खनालले भदौ १५ मा चलचित्र रिलिज नहुने कुराको पुष्टि गरेका छन् । ‘अहिलेसम्म गीत त फ्याक्न सकेका छैनौं । पूर्वनिर्धारित मितिमा अब फिल्म आउँदैन’, उनले भने ।

स्रोतका अनुसार, उक्त चलचित्रलाई भदौ २२ मा ल्याउने तयारी भइरहेको छ । निर्देशक खनालले यो कुरा भने खुलाउन चाहेनन् । उनले चलचित्रको नयाँ रिलिज डेट चाँडै घोषणा हुने बताए ।

‘चङ्गा चेट’ मा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाहलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu