बाल गायक हिमेश बने टुहुरो, गाए मन रुवाउने गीत (भिडियो)



काठमाण्डौ। बाल गायक हिमेश तामाङ्ग टुहुरो बनेका छन् । हिमेश आँफैले गाएको गीत ‘टुहुरो २’को भिडियोमा टुहुरो बनेर अभिनय गरेका हुन् । हालै मात्र उक्त म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रशान्त पौडेलको शब्द-संगीतमा रहेको गीतको भिडियोमा हिमेशले मर्मस्पर्शी अभिनय गरेका छन् । भिडियोलाई प्रशान्त आँफैले निर्देशन गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । छायांकन बासु बरालको छ ।

यसअघि प्रशान्तको ‘टुहुरो’ बोलको गीत हिट भएको थियो । पहिलो भागको सफलतापछि आफुले अझै मेहनत गरेर यो गीत तयार पारेको पौडेलले बताए । भिडियोमा पौडेलले आफुले पनि अभिनय गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu