‘पहिले माया’ मा सुवासको निर्देशन (भिडियो)



इटहरीका सञ्चारकर्मी सुवास संकल्पको निर्देशनमा गायक प्रमोद खरेलको आवाजमा रहेको ‘पहिले माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

शालिक ओली क्षेत्रीको शब्द तथा रमण श्रेष्ठको संगीतमा रहेको सो गीतलाई सन्दीप कार्कीले संकलन गरेका हुन् । भिडियोमा रोहित घिमिरे, पूजा दाहाल र बिनोद घिमिरेले अभिनय गरेका छन् ।

रोहितको अभिनयमा यो दोश्रो म्यूजिक भिडियो हो भने बिनोद र पूजा यसै भिडियोमार्फत क्यामरा रोलमा उत्रिएका छन् ।
निर्देशक संकल्पले परिकला मिडिया प्रालिको प्रस्तुतिमा सो भिडियो तयार पारेका हुन् ।

भिडियोमा मार्टिना मेकअप स्टुडियो इटहरीकी उर्वी श्रेष्ठले मेकअप गरेकी छन् भने सुमन तामांगले क्यामेरा तथा ड्रोन चलाएका छन् । भिडियोलाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu