नेपाली गायन क्षेत्रमा पहिलो पटक सांगीतिक सिरिजको सुरुवात भएको छ । आर्टमाण्डु नेपाल प्रा.लि.को प्रस्तुतिमा ‘आर्टमाण्डु कलर्स शो : सिजन १’ नाम दिइएको सिरिजमा नेपाल आइडल कन्टेष्टका फाइनल प्रतियोगी प्रताप दास, टप टेन कन्टेष्टेन्ट सन्ध्या जोशी साथै गायक अंकित बावु अधिकारी, अजय क्षेत्री र सान्तिम कोइरालाको आवाज गुन्जिने सिरिजले पहिलो पटक रंगलाई गीतको थिम बनाएर गाउन लागेको हो ।
हाल बजारमा अरुले गाएको गीतलाई आफ्नो ढंगबाट कभर गीत बनाएर गाउने चलन रहेको अवस्थामा नेपाल आइडलका प्रतिभा लगायत सांगितिक क्षेत्रका युवापुस्ताले आफ्नै रचनामा रचिएको गीतलाई विभिन्न रंगको माध्यमबाट निकैनै फरक र नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यले ६ हप्ता लामो सांगितिक सिरिजको सुरुवात गरीएको छ ।

‘गीत प्रस्तुत गर्ने थूप्रै माध्यम हुन्छन् कसैले प्रकृतिलाई आधार मानेर गीतको रचना गर्छन, कसैले कला संस्कृतिलाई त हामीले थरिथरीका रंगलाई गीतको आधार मानेर गाएका छौं । यसमा हरेक हप्ता एक एकवटा गीत गाइनेछ जसमा एक गायक अजय छेत्री दार्जिलिङ्गका रहेका छन’, आर्टमाण्डु नेपालका संचालक तथा गायक र रचनाकार समेत रहेका अकिंतबावु अधिकारीले बताए ।
अजय यो प्रयासमा साथ दिन दार्जलिंगबाट नेपाल आएका हुन्, हालसम्म कसैको सहयोग भने मिलेको छैन यद्यपि यस सिरीजलाई हरेक वर्ष निरन्तरता दिने र नयाँ शैलीको गीत दर्शक श्रोतामाझ प्रस्तुत गर्ने लक्ष्य रहेको अधिकारीले बताए । हाललाई आर्टंमाण्डू नेपालको आफ्नै युट्युव च्यानल ‘आर्टमाण्डु” मा मात्रै रिलिज गरिए पनि कसैको सहयोग मिलेको खन्डमा टिभी च्यानल मार्फत नै यस कार्यक्रमको निरन्तरता दिने उद्देश्य रहेको अकिंतले बताए ।
अकिंत आफैमा पनि निकै फरक ढंगको गीत गाउने गाएकका रुपमा चिनिन्छन् । अकिंतले गाएको ‘राम नाम जप्दै मनमनमा’ र नाकाबन्दीको अवस्थालाई दर्साउने ‘गीत नौ फुटे भूत’ निकै फरक ढंगको र निकै रुचाइएको गीतमा पर्छन् । यो ‘आर्टमाण्डु कलर्श शो’ सिरिजको निर्देशन भने आर्ट्माण्डु संचालक नबीन चौहानले गरेका छन्। युटुवमार्फत सिरीजको पहिलो गीतको पनि सार्वजनिक भएको छ जसमा गायक प्रताप दासको आवाज रहेको छ ।
भिडियो :-




