मंसिर २८ लाई तोकियो ‘सुश्री सम्पत्ति’ को रिलिज डेट



चलचित्र ’सुश्री सम्पति’ मंसिर २८ मा रिलिज हुने भएको छ । भाद्र २२ मा रिलिज गर्ने सोच भएपनि केही प्राविधिक कारणले गर्दा चलचित्र पूर्वनिर्धारित मितिमा आउन नसकेको बताइएको छ ।

केही समय अगाडि मात्र यो चलचित्रको ’हुकुम’ बोलको गीत सार्वजनिक भउको थियो । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu