‘रातकी रानी’ सार्वजनिक (भिडियो)



डिल्ली फोम्बो र द बिमोक्स ब्याण्डले नयाँ ‘रातकी रानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । मेहेन्द्र राई र डिल्ली फोम्बोको शब्द संगीत रहेको गीतमा डिल्लीको स्वर सुन्न सकिन्छ ।

बिमोक्स ब्याण्डमा लिड गिटारमा समीर, बेस गिटारमामा इशाक र रिदम गिटारमा क्षितिज रहेका छन् । त्यस्तै ड्रममा पल गहतराज छन् ।

नेरेन लिम्बु निर्देशित भिडियोमा सन्ना छिरिङ गुरुङको अभिनयले मन लोभ्याउँछ । ब्रायन राईले खिचेको भिडियोलाई बिनय कंशाकारले सम्पादन गरेका हुन् ।

पछिल्लो समय मौलिक नेपाली गीतसंगीतको अध्ययन अनुसन्धानमा ब्यस्त डिल्ली चाँडै यसै बिषयमा पुस्तक बजारमा ल्याउँने तयारीमा रहेको बताउँछन् ।

अहिलेको पुस्ताले मौलिक नेपाली गीतसंगीतलाई त्यती महत्व नदिएको बताउँछन् । उनीले पुर्व नेपालको लिम्बु समुदायको ‘हाक्पारे’ गीतको बिषयमा बृत्तचित्रको समेत तयारी गरिरहेका छन् । डिल्लीले रंक शैलीनै भएपनि नेपालीपनलाई प्राथमिकता दिने बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu