गायक जगदिश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक भएको छ । मंगलवार ‘बाडुली’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी (मगर) को संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । फरक शैलीमा तयार भएको गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई फिचरिङ गरिएको छ ।
केही हप्ता अगाडि मात्र ‘चि मुसी चि’ मा लिड भूमिका निर्वाह गरेका यी दुईको जोडी सो चलचित्रपछि ‘बाडुली’ गीतको भिडियो मार्फत पुनः एकसाथ देखिएका हुन ।
छोटो समयको भिडियोले पनि धेरै कुरा बोलेको छ । भिडियोमा मुना मदनको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा दुई कलाकारले पाँचवटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्बासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् ।
सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । टङ्क केसीको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
भिडियो :-