फेरि पर्दामा पल र पूजाको जोडी



पुनः एकपटक ‘म यस्तो गीत गाउँछु’ जोडीलाई दर्शकले पर्दामा हेर्न पाउने भएका छन् । निर्देशक सुदर्शन थापाले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ चलचित्र निर्माण गर्दैछन् ।

यसअघि उनले ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा यो कपललाई दोहोर्‍याउने घोषणा गरेका थिए । खबरअनुसार, नयाँ प्रोजेक्ट ‘म यस्तो गीत गाउँछु २’ हुनेछैन ।

नयाँ टाइटलमा पूजा र पललाई लिएर सुदर्शनले चलचित्र बनाउन लागेका हुन् । पल चलचित्रका लागि अनुबन्ध भइसकेका छन् । चलचित्रको छायांकन दशैंपछि सुरु हुनेछ ।

पलले चाँडै सुदर्शन क्याम्पभन्दा बाहिरको नयाँ चलचित्र पनि साइन गर्दैछन् । उनले केही दिनमा नयाँ चलचित्रको विषयमा जानकारी दिने बताए ।

‘शत्रु गते’ रिलिजपछि मौन देखिएका पलले यस वर्ष दुई चलचित्रको छायांकन सक्ने तयारीमा छन् । हरेक वर्ष एक चलचित्र लिएर आउने योजना अनुरुप उनको यस वर्ष पूजासँगको चलचित्र रिलिज हुनसक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu