१२ वर्षपछि सँगै काजोल र अमिताभ



बलिउड अभिनेत्री काजोलले चलचित्र ‘हेलिकोप्टर इला’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । उनले यसअघि सन् २०१५ मा आएको फिल्म ‘दिलवाले’ मा शाहरुख खानसँग देखिएकी थिइन् ।

‘हेलिकोप्टर इला’ मा काजोल एकल आमाको भूमिकामा देखिएकी छन् । उनका छोराको भूमिकामा ऋद्धि सेनले निभाएका छन् । यो चलचित्र अजय देवगणको होम प्रोडक्सनमा बनेको हो ।

प्रदीप सरकार निर्देशित चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय छ । चलचित्रमा अमिताभले एक महान् कलाकारको भूमिका निभाएका छन् ।

यसअघि अमिताभ र काजोल ‘कभी खुसी कभी गम’ र ‘कभी अलबिदा ना कहेना’ मा सँगै देखिएका थिए । काजोल र अमिताभले १२ वर्षपछि सँगै काम गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu