आठ सहरमा ‘रोज’ कन्सर्ट हुने



भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘रोज’ को मुलुकका आठ सहरमा टुर आयोजना हुने भएको छ । शुक्रबार ‘रोजी’बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आगामी विहिबार ट्रेलर लन्च गर्दैछ ।

प्रदीप खड्का स्टारर टुरमा संवाददाता सम्मेलन र सांगीतिक कन्सर्ट हुनेछन् । मोफसलको ठूलो फिल्म बजार पोखरादेखि दौडाहा थालनी हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ ।

१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने जनाइयो । मोफसलमा कन्सर्ट टुर थालनी गर्ने अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।

टुरसँगै रोजद्धारा आयोजित म्युजिकल्ली कन्टेस्टको पनि प्रवद्र्धन हुनेछ । नीरक पौडेल निर्देशित यस चलचित्र निर्माणमा गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले साझेदार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu